१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

महेश बस्नेतको नेतृत्वमा दरबारमार्ग क्षेत्रको सरसफाइ (फोटोफिचर)

२३ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौँको दरबारमार्गमा गरेको आमसभाका क्रममा भएर फोहोर सफा गरिएको छ ।

नेकपाका स्वयंसेवकले शुक्रबार कार्यक्रमपछि भएका फोहोरमैला उठाएर सफा गरेका हुन् । नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा नेकपाका कार्यकर्ताले कार्यक्रम स्थलको फोहोर सफा गरी आफै व्यवस्थापन गरेका हुन् ।

कार्यक्रमको मुख्य कमाण्ड सम्हाल्नुभएका नेता बस्नेतले कार्यक्रम सम्पन्न हुनसाथ फोहोर व्यवस्थापनमा खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । साथमा आफै सरसफाईमा लाग्नुभयो । जसले गर्दा कार्यक्रम स्थालमा अहिले कुनै प्रकारको फोहोर छैन । सधैंको भन्दा अझ राम्रो र सुन्दर सडकको रुपमा अहिले रहेको छ । फोहोर संकलन कार्यकर्ताले गरेको थिए भने काठमाडौँ महानगरपालिकाले फोहोरका गाडीहरुको व्यवस्थापन गरिदिएको थियो । महानगरपालिकाले ब्रुमरको समेत व्यवस्थापन गरिदिएको थियो । कार्यक्रम पश्चात सडकको सुन्दर र मनोरम देखिएको छ ।

विगतमा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको समूहको कार्यक्रममा सडक तथा काठमाडौँको सुन्दरतालाई नै विगार्ने गरी फोहोर गरेका थिए । आफ्नो कार्यकर्ताले गरेको फोहोरको समेत व्यवस्थापन र समन्वय समेत नगरेकाले सडक कुरुप हुने गरेका थिए । तर आजको कार्यक्रम पछि कार्यकर्ताले गरेको कार्य सिक्न योग्य र उदाहरणीय रहेको छ । आजको कार्यक्रमपछिको सरसफाई कार्यक्रम र विगतको माधव प्रचण्ड समूहले गरेको कार्यक्रम पछिको अवस्थालाई बुझ्ने हो भने बनमान्छे र मान्छेबीचको कार्य कस्तो हुन्छ भनि उदाहरण प्रस्तुत भएको छ ।

प्रकाशित मिति : February 5, 2021 at 9:34 pm