राष्ट्रपति भण्डारीद्धारा बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश जारी
२३ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गर्नुभएको छ ।

राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
प्रकाशित मिति : February 5, 2021 at 5:31 pm



