१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रचण्डको गृहजिल्ला चितवनमा आन्दोलनकारीले किरियापुत्रीमाथि ढुंगा हाने

२२ माघ, चितवन । नेपाल कम्युनिस्ट पार्टी माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहको बन्दको क्रममा आन्दोलनकारीले अमानवीय व्यवहार गरेका छन । प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा आन्दोलनकारीले किरियापुत्री चढेको गाडीमा ढुंगा हान्दा किरियापुत्री नै घाइते भएका छन । देवघाटमा अन्त्येष्टि कर्म सकेर जगतपुर जान आउँदै गरेको ना ४ ख ३७३१ नम्बरको बसमाथि आँपटारीमा तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार मृतकको दाहासंस्कार गरेर देवघाटबाट फर्केको गाडीमा आँपटारी भन्नेस्थानमा ढुंगा हान्दा त्यसमा साबार भएका किरियापुत्री घाइते भएका हुन । ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको छ । घाइते किरियापुत्री सन्तवहादुर विकको भरतपुर अस्पतालमा उपचारपछि घर पठाइएको छ ।

प्रकाशित मिति : February 4, 2021 at 8:05 pm