बन्द गराउने नाममा ‘माझण्ड’का नेताले सुत्केरी महिला माथि तातो तेल खन्याए
२२ माघ, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहका कार्यकर्ताले विराटनगरमा पसल खोलेको भन्दै महिलाको शरिरमा तातो तेल खन्याइदिएका छन । बन्द अवज्ञा गरेको भन्दै उनीहरूले चियानास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्याएका हुन । उनीहरूले खन्याएको तातो तेलले दुइ जना घाइते भएका छन ।

विराटनगर महानगरपालिका–२ मा अपरान्ह १२ बजेतिर माझण्डका कार्यकर्ताले सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी माथि तातो तेल खन्याएका हुन । उनीहरू दुबै घाइते भएका छन । घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन्। उनीहरूको पसल पनि तोडफोड गरेर खानेकुरा सबै फ्याँकी दिएका छन । यस्तो क्रुरकामको नेतृत्व भने पूर्वमन्त्री शिवकुमार मण्डलले गरेका थिए । उनीहरूले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले हानेका छन ।
प्रकाशित मिति : February 4, 2021 at 2:28 pm



