माझण्डका कार्यकर्ताले ट्याक्सीभित्र राखेर आगो लगाएका श्रेष्ठलाई समुन्द्रको सहयोग
२२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहका कार्यकर्ताले गोंगबुमा आगो लगाएका ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठलाई एक विद्यार्थीले नगद सहयोग गरेका छन । ट्याक्सी चलाएर जीवन चलाउँदै आएका श्रेष्ठले चलाइरहेको ट्याक्सीमा माझण्डका कार्यकर्ताले आगो लगाएका थिए ।
नयाँबानेश्वरको एउटा क्याफेमा राखेर चालक श्रेष्ठलाइ धुम्बाराहीको एक कलेजमा अध्ययनरत छात्र समुन्द्र तिमल्सिनाले ८ हजार रूपैयाँ नगद सहयोग गर्नुभएको हो । उहाँले आफू पनि नेकपाकै शुभेच्छुक रहेको भन्दै उहाँले घनश्याम भुसाल जनार्दन शर्मा र योगेश भट्टराइहरूको उल्टो बुद्धि देखेर राजनीतिकमा किन लाग्ने भन्ने पश्नले सताइहेको बताउनुभयो ।

माझण्डका कार्यकर्ताले बिहान प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा चालकसहित आगजनी गरेका थिए । श्रेष्ठले प्रचण्डको कुर्सीका लागि मेरो ट्याक्सी जलाएर के पाए ? भन्दै प्रश्न गर्नुभएको । उहाँले गरीव मजदूरको ट्याक्सी जलाएर के पायौँ भन्दै आन्दोलनकारीलाइ प्रश्न गर्नुभयो । उहाँले ट्याक्सी जलेको थाहा पाएपछि साहुले पनि गाली गरेको भन्दै दुःखेसो गर्नुभएको छ । श्रेष्ठलाइ सहयोग गर्न चाहनेले उहाँको लक्ष्मी बैंकमा रहेको खातामा पैसा जम्मा गरिदिन सक्नुहुन्छ । खाताको बिबरण यस प्रकार रहेको छ ।

प्रकाशित मिति : February 4, 2021 at 1:15 pm



