सडक बन्द गराउदै हिड्ने माझण्ड समूहका नेताहरू प्रहरी नियन्त्रणमा
२२ माघ, काठमाडाैँ । नेकपाको माझण्ड (माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड) समूहको नेता अष्टलक्ष्मी शाक्य कलंकी चोकबाट पक्राउ परेकी छिन । सडक बन्द गराउँदै हिडेकी शाक्यसहित सोही समूहका नेताहरू हितमान शाक्य,अमृता थापा, कृष्ण केसी, रमेश मल्ल लगायतका नेताहरू पक्राउ परेको सोही समूहका नेता विष्णु रिजालले बताएका छन । उनीहरू बन्द सफल बनाउने भन्दै सटर बन्द गराउने र सवारी सञ्चालनमा अवरोध गरिरहेको अवस्थामा पक्राउ परेका हुन ।

प्रकाशित मिति : February 4, 2021 at 8:02 am



