माझण्ड समूहको नेपाल बन्दको प्रभाव देखिएन, पसल खुले यातायात चले (भिडियोसहित)
२२ माघ, काठमाडाैँ । नेकपाको माझण्ड (माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड) समूहले गरेको नेपाल बन्दको प्रभाव सडक र पसलमा देखिएको छैन । अहिले बिहान ७ बजेसम्मको अवस्थामा सबै खालका पसलका सटर खुलेका छन भने सवारीसाधानहरू पनि चलिरहेका छन । बन्दको मुख्य प्रभाव पर्ने गरेको सार्वजनिक सवारीका साधान समेत निर्धक्क सञ्चालन भएका छन ।

गृहमन्त्रालयले कुनै पनि बन्द नरहेको भन्दै अावश्यक सुरक्षा सरकारले दिने जनाएपछि सर्वसधारण सडकमा निस्किएका छन भने अाफ्नो काम हिडेका छन । नेकपाकै भ्रातृ संस्था युवा संघ र अनेरास्ववियूले बन्दको प्रतिकार गर्ने बताएका छन भने विवेकशिल साझा पार्टीले माइतीघर मण्डलामा बन्दको बिरूद्धमा प्रदर्शन गर्दैछ ।
प्रकाशित मिति : February 4, 2021 at 7:27 am



