१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बालअधिकार कुण्ठित नगर्न ‘माझण्ड’ समूहलाई सिजपको आग्रह

२१ माघ, काठमाडाैँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले नेकपाको माझण्ड(माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड) समूहलाइ बालअधिकारको हनन नगर्न सचेत गराएको छ । सिजपले बुधबार विज्ञप्ति मार्फत बालधिकारको सम्मान गर्न अनुरोध गरेको छ । उसले विज्ञप्तिमा भनेको छ ‘विगत केही हप्ता देखि विकसित राजनितिक घट्नाक्रमका सभा जुलुश तथा प्रदर्शनमा बालबालिकाको प्रयोग भइरहेको अवस्थाले बाल संरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाहरुको साझाथलो बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को गम्भीर ध्यानआर्कषण भएको छ ।’

सिजपले उनीहरूलाइ निर्वाचनको बेलमा गरेको प्रतिवद्धता समेत सम्झाएको छ । विज्ञप्तिमा भनिएको छ ‘गत निर्वाचनको घोषणापत्रमा बाम गठबन्धनले ८.९ मा विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको छ । त्यस्तै नेपाली काँग्रसकोे घोषणापत्र २.४(३) मा कल्याणकारी राज्य अन्र्तगत शिक्षा क्षेत्रलाई सवल बनाउने छ । अन्य दलको पनि सोही अवधारणको प्रतिबद्धता छ । २०७७ माघ २२ गते शैक्षिक संस्थाहरु सहित आम हड्ताल आव्हान गरिएकोमा हाम्रो गंभीर ध्यानआर्कषण भएको छ ।’

सिजपले यस्ता बन्द र हड्तालले बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित हुने बताएको छ उसले भनेको छ ‘यस्ता गतिविधिले नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३१ को शिक्षा सम्बन्धी हक, बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ (८) विपरित शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको ठाडो उलंघन हुने हाम्रो ठम्याई छ । विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ विरुद्धका यस्ता कार्यले बालबालिकाको भविष्य र हाम्रो समाजलाई दूरगामी रुपमा नकारात्मक प्रभाव पार्दछ ।’

विज्ञप्तिमा भनिएको छ ‘जुलुश तथा कुनैपनि राजनैतिक कृयाकलापमा बालबालिकाको प्रयोग नगर्न, विद्यालय बन्द जस्ता गतिविधि नगर्ने, हुन नदिने र शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा शिक्षण सिकाईको प्रत्याभूति गराउने वातावरण तयार गर्न सम्पूर्ण राजनीतिक दल, विद्यार्थी तथा पेशागत संघ सगठन, विभिन्न क्षेत्र तथा जातीय संगठनहरुलाई पनि बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अवधारणाको सम्मान तथा आत्मसाथ गर्न आग्रह गर्दछौं ।’

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार २०:०८