‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न महत्वपूर्ण भूमिका खेल्छुः प्रमुख आयुक्त राई
२१ माघ, काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार आयोगमा पदबहालीपछि कर्मचारीसँगको अन्तरक्रियामा बोल्दै प्रमुख आयुक्त राइले मुलुक र जनताप्रति इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत बिभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्था छ । म नेपाली जनता र नागरिक समाजको आयोग प्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना एवं भावना बमोजिम काम गर्ने चुनौती व्यहोर्न तयार छु ।’
उहाँले आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्ने तथा आयोगलाई नँया उचाईमा पुर्याउने विषयमा आफू सँधै क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्दै यस अभियानमा सबै सरोकारवालाहरुको साथ सहयोग रहने विश्वास समेत व्यक्त गर्नुभयो।
प्रकाशित मिति : February 3, 2021 at 7:02 pm



