१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा थपिए १४२ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २३३५

२१ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार ६५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०३१ पुगेको छ ।

प्रकाशित मिति : February 3, 2021 at 5:21 pm