काठमाडौँ आसपासमा भूकम्पको धक्का
२० माघ, काठमाडाैँ । काठमाडाैँ आसपासमा भूकम्पको धक्का महशुष भएको छ । केहीबेर अघि ९ बजेर ५९ मिनेट जाँदा मनाङको नार उपत्यकाको चुलु भन्ने स्थानमा केन्द्रविन्दु बनाएर गएको ५.३ म्याग्निच्यूडको भूकम्पले काठमाडाैँ आसपासका जिल्लामा समेत धक्का महशुष गराएको छ । विशेषगरी गण्डकी प्रदेशका जिल्लामा भूकम्पको धक्का बढी महशुष भएको त्यहाँका स्थानीयले उल्लेख गरेका छन । काठमाडाैँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायतको जिल्लामा भूक्म्पको धक्का महशुष भएको सामाजिक सञ्जालमा व्यक्त भएको स्टाटसले दखाउँछ ।

प्रकाशित मिति : February 2, 2021 at 10:07 pm



