१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकाेटकाे महेन्द्र मावी चतुरालेलाई पूर्व विद्यार्थीबाट २१ लाख प्रदान

२० माघ, नुवाकोट । ककनी गाउँपालिका ७ चतुराले स्थित महेन्द्र माध्यमिक विद्यालय लाई पूर्व विद्यार्थी तथा शुभेच्छुकहरुले २१ लाख नगद प्रदान गर्ने भएका छन । विद्यालयलाई भवन निमार्णको लागि जग्गा आवश्यक भएपछि पूर्व विद्यार्थीहरुको सहयोग मागिएको विद्यालयका प्रधानाध्यापक शशीकुमार थपलियाले बताउनु भयो ।

चतुरातले क्षेत्रकै पुरानो स्कुलको नयाँ भवन निमार्णको लागि दिपेन्द्र पाठकको जग्गा खरिद गरि विद्यालयलाई हस्तान्तरण गर्न लागिएको भूतपूर्व विद्यार्थी मञ्च महेन्द्र माध्यमिक विद्यालयका संयोजक अर्जुन पाण्डेले बताउनु भयो । सामाजिक संजाल मार्फत आव्हान गरिएको चार दिनमा २१ लाख नगद रकम उठेको पाण्डेले बताउनु भयो ।

जग्गाको मुल्य १८ लाख र बाँकी शैक्षिक गतिविधिमा खर्च गर्ने गरी विद्यालयलाई हस्तान्तरण गर्ने योजना छ । विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु हाल राजधानी लगायत विभिन्न मुलुकमा बसोबास गर्दै आउनु भएको मोतीकृष्ण बाँनियाले बताउनु भयो । पूर्व विद्यार्थीहरुको पहल र सहयोगले विद्यालयको भौतिक उन्नतीमा सहयोग पुगेको प्रधानाध्यापक थपलियाले दैनिकीलाई बताउनु भयो ।

फागुन ४ गते विद्यालयलाई जग्गा खरिद गरी लालपुर्जा हस्तान्तरण गर्ने कार्यक्रम रहेको अमर सत्यालले बताउनु भयो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार २०:४४