१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

अख्तियारको प्रवक्तामा रिसाल, यसरी गर्न सक्नुहुन्छ सीधा सम्पर्क

२० माघ, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण रिसाल तोकिएका छन । आयोगका सहसचिव रिसाल मंगलबारदेखि प्रवक्ता तोकिएका छन । यसअघिका प्रवक्ता तारानाथ अधिकारी एक साता अघि सरूवा भएर पर्यटन मन्त्रालय गएपछि आयोगको प्रवक्ताको जिम्मेवारी रिक्ता रहेको थियो । मंगलबार आयोगले विज्ञप्ति नै प्रकाशन गरेर रिसको नियुक्तिको जानकारी दिएको छ ।

आयोगले प्रवक्ता रिसालसँग सम्पर्कका लागि मोबाइल लगायतको सम्पर्क बिबरण समेत दिएको छ । रिसाललाइ टेलिफोन नं.: +९७७-१-५२६२१७७, मोबाइल नं.: ‌+९७७-९८५१२३३२८१, ईमेलः [email protected] र फ्याक्स नं. : +९७७-१-५२६२१०४ बाट सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : February 2, 2021 at 8:37 pm