थप १७१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २४००
२० माघ, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४०० रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या हालसम्म २ लाख ६६ हजार ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३० पुगेको छ ।
प्रकाशित मिति : February 2, 2021 at 4:48 pm



