१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नुवाकोटको विदुरमा बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

२० माघ, काठमाडाैँ । नुवाकोटको विदुरनगरपालिकास्थित ढुंगेमा बसको ठक्करबाट सशस्त्र प्रहरी जावनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी तुलबहादुर कार्कीले बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु भएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार ग १८ च ८८५८ नम्बरको बसले बिहान साइकलमा सवार सशस्त्र प्रहरीका जवान दिनेश तमाङको मृत्यु भएको हो । विदुर  १० नयाँगाउँबाट बाट विदुरतर्फ गइरहेको साइकललाइ विदुर चेकपोस्टबाट त्रिशुलीतर्फ गइरहेको बसले ठक्कर दिएको थियो ।

तामाङ विदुर १०  नयाँगाउँकै स्थायी बासिन्दा हुन ।घटनापछि चालक र वसलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : February 2, 2021 at 8:09 am