४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

ठीक बेठीक जनताले छु्ट्याउछन घृणा र अपमानको प्रतिस्पर्धा नगराैँः डा संग्राैला

१९ माघ, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता डा युवराज संग्राैलाले घृणा र अपमानको प्रतिस्पर्धा नगर्न अनुरोध गर्नुभएको छ । अब विकासको राजनीतिमात्र सम्भव रहेको भन्दै उहाँले भन्नुभयो ‘राजनीति विचारको प्रतिस्पर्धा हो, घृणा र अपमानको प्रतिस्पर्धा होइन।’

उहाँले ठीक बेठीक जनताले छु्टयाउने भन्दै गाली गलोज गर्ने कुरा सभ्य मनिसको पहिचान नभएको बताउनुभयो । उहाँले विगतलाइ सही प्रमाणित गर्ने भन्दा वर्तमान राम्रो पार्ने काम गर्नुपर्ने बताउनुभएको छ ।

संग्राैलाले सामाजिक सञ्जालमा व्यक्त गरेको विचार यस्तो छः मेरो एउटा बिनम्र अनुरोध छ सबै नेता कार्यकर्तालाई। अफ्नो कुरा राख्नु होस, को ठिक को गलत जनताले खुट्यांउछन। तर गाली गलोज गर्ने कुरा सभ्य मनिसको पहिचान होइन। राजनिती बिचारको प्रतिस्पर्धा हो, घृणा र अपमानको प्रतिस्पर्धा होइन।

बिगतलाई सहि प्रमाणित गर्नु भन्दा, बर्तमान राम्रो पार्ने काम गर्नु होस। सक्नु हुन्न भने आफ्ना उत्तराधिकारी खोज्नु होस।अब सत्ताको राजनीति जनताले बोक्दैनन। अब केबल बिकास को राजनीति मात्र संभब छ। अब सताको होइन समृद्धिको कुरा नसोच्ने हो भने नेपाल बिदेशीको रणनभुमी हुनेछ।

प्रकाशित मिति : February 1, 2021 at 7:27 am