१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्याैपाने, नेतृत्वमा गगन थापाको छायाँ समाप्त

१८ माघ, काठमाडाैँ । स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा नेपाली हेल्थका सम्पादक रामप्रसाद न्याैपाने विजयी भएका छन । हाम्रो डक्टर न्युजका सम्पादक उद्धवराज भेटुवाललाइ पराजित गर्दै न्याैपाने अध्यक्षमा विजयी भएका हुन । पदाधिकारीको सीमित पदमा मात्र निर्वाचन भएको थियो ।

निवार्चनमा बामपन्थी खेमाको नेतृत्वको न्याैपानेले गरेका थिए भने प्रजातान्त्रिक खेमाको नेतृत्व भेटुवालले गरेका थिए । ६० जनाले गरेको मतदानमा न्याैपानेले ३७ मत प्राप्त गर्दा भेटुवालले २३ मतमात्र प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा गोरखापत्र दैनिकका सरोज ढुंगेलले नयाँपत्रिका दैनिकका अर्जुन अधिकारीलाइ पराजित गरे । ढुंगेलले ३३ मत प्राप्त गर्दा अधिकारीले २७ मत प्राप्त गरे ।

त्यस्तै महासचिवमा हेल्थ अावाजका भिसा काफ्ले विजयी भए । उनले ५० मत प्राप्त गर्दा ऋचा अर्यालले मात्र १० मत प्राप्त गरिन । निर्वाचनमा सचिव पदमा सन्जिता खनाल विजयी भइन उनले रिया भण्डारीलाइ २ मतले पराजित गरिन । कोषाध्यक्षमा कमला गुरुङ निर्विरोध निर्वाचित भएकी थिइन ।

यस्तै मञ्चको सदस्यहरुमा सागर बुढाथोकी, फातिमा बानु, सिर्जना बराल, तुलसा घिमिरे, बिना न्यौपाने, ज्योति अधिकारी, महेश तिमल्सेना र स्नेहा कर्ण निर्वाचित भएका छन् । निर्वाचनमा प्रतिस्पर्धा गर्ने भेटुवाल र अधिकारीको समूह जिताउन प्रेस युनियनका नेताहरू फिल्डमै उत्रिएका थिए तर उनीहरू सफल हुन सकेनन् । प्रेस युनियन नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था हो । गगन थापाका निर्देशनमा फिल्डमा प्रजातान्त्रिक खेमाका उम्मेदवार जिताउन उनका विश्वासपात्र दीपक दाहाल खटिएका थिए । उपाध्यक्षमा पराजित अधिकारीले भने अाफू स्वतन्त्र रहेको दाबी गरेका छन ।

प्रकाशित मिति : January 31, 2021 at 8:06 am