१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लोकविजय अधिकारीलाई गाेरखा भूकम्प र त्यसका परकम्पको अध्ययनमा विद्यावारिधि

१८ माघ, काठमाडौँ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा भूक्म्प र त्यसको परकम्पको अध्ययनमा विद्यावारिधि प्राप्त गर्नुभएको छ । अधिकारीले पेरिस विश्वबिधालयबाट आफूले बिध्याबारिधि उपाधि प्राप्त गरेको जानकारी दिनुभएको छ ।


अधिकारीले विद्यावारिधिको उपाधिपछि भन्नुभएको छ ‘गोरखा भूकम्प र त्यसका परकम्पहरुको बारेमा मैले गरेको अध्ययनबाट पेरिस विश्वबिधालयले मलाई बिध्याबारिधि उपाधि प्रदान गरेको छ। गोर्खा भूकम्पले धेरै नयाँ कुराको अध्ययन गर्न बाटो खोलिदिएको छ जुन कुरा यो भन्दा पहिला अध्ययन हुन सकेका थिएनन्, भविष्यमा पनि धेरै अर्थ राख्ने काम गर्न पाएकोमा खुसि छु । मलाई औपचारिक शिक्षाको सुरुदेखि आजसम्म हरेक तहमा साथ दिनुहुने र सहयोग गर्नुहुने सबैप्रति आभारी छु।’

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार ०७:४८