पछिल्लो २४ घण्टामा थपिए १५७ कोरोना संक्रमित, ५ जनाको मृत्यु
१६ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २२ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ६९८ पुगेको छ । काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०२५ पुगेको छ ।
प्रकाशित मिति : January 29, 2021 at 4:33 pm



