१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रधानमन्त्री ओलीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण(फाेटाेफिचर)

१६ माघ, काठमाडौँ । प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । शहीदहरुको सम्झनामा शुक्रबार विविध कार्यक्रम गरि शहीद दिवस मनाइएको छ । सोही अवसरमा शुक्रबार बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ ।

 प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको टोली र सर्वसाधारण सहभागी टोलीले शहीद स्मारक लैनचौर पुगेर ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएकाे थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।


शहीद दिवसको अवशरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने शहीदहरुको सम्झना गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : January 29, 2021 at 11:55 am