१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

भ्रष्टाचार गरेको अभियोगमा नापी अधिकृत घनश्याम दुवेसमेत तीन जना विरुद्ध मुद्दा दायर

काठमाडौँ, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत तीन जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्‍याएको व्यक्ति विशेषलाई गैरकानूनी लाभ हुने गरी जग्गाको मूल्य रु नौ लाख ८३ हजार ७०० कायम गरेको पाइएको छ ।

जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफू गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको  पाइएको छ । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार आयोगले उनीहरु विरुद्ध रु नौ लाख ८३ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : January 28, 2021 at 6:07 pm