१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रधानमन्त्री ओलीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई

१४ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र इस्टोनियाको प्रधानमन्त्रीमा काजा काल्लास नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री काल्लासलाई आज पठाउनुभएको बधाई सन्देशमा उहाँले इस्टोनियाली जनतामा निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चका साथै युरोपेली सङ्घको संयन्त्रमार्फत इस्टोनियासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपालको चाहना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : January 27, 2021 at 8:14 pm