१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नुवाकोटको सूर्यगढीमा कांग्रेस नेताले वनको सालका ५७ रूख झ्वाम पारे

–प्रशान्तजंग पाण्डे 

१० माघ, नुवाकोट । नुवाकोट जिल्लामा तस्करीमा विभिन्न रूपहरू सार्वनजनिक भैरहेका छन । केहीदिन अघि बेलकोटगढी नगरपालिकाका जनप्रतिनिधी सालको काठ तस्करी गर्दा पक्राउ परेका थिए । प्रहरीले पक्राउ परेका जनप्रतिनिधि र बरामद गरिएको गाडी जिल्ला वन कार्यालय नुवाकोटमा बुझाएको थियो ।

फेरि सूर्यगढी गाउँपालकाि वडा नम्बर ५ को सामूदायीक वनको सालको काठ तस्करी भएको छ । गाउँपालिकमा रहेको जाल्पादेवी सामुदायिक वनबाट जनप्रतिनिधि समेत रहेका राजाकुमार भनिने खुलाराम थापाले ५७ वटा सालको रूख काटी एउटा विना दर्ता सञ्चालनमा रहेको फर्निचरमा बेचेको खुलासा भएको छ ।

रूख काटेर बेच्नने थापा वन समितिका पनि अध्यक्ष हुन । उनले कल्लेरिखोल्चा छेउका ५७ रूख काटेर विना दर्ता सञ्चालित फर्निचरमा बेचेका हुन । थापालाइ वन मुद्दाबाट जोगाउन राजनीतिक दलका नेताहरूको दाैडधुप चलेको सूचना दैनिकीले प्राप्त गरेको छ । बेलकोटगढीका जनप्रतिनिधि पक्राउ परे पनि थापा भने पक्राउ पर्न सकेका छैनन् । स्थानीयले जिल्ला वन कार्यालयका प्रमुखकै संलग्नतामा सालको रूख काटिएको शंका व्यक्त गरेका छन ।

प्रशासनले पनि थापाको बारेमा सूचना लिएर पनि केही थाहा नपाए जस्तो गरिरहेको स्थानीयले गुनासो गरेका छन । उनीहरूले संघ र प्रदेशका जनप्रतिनिधहरू समक्ष समेत यसको गुनासो गरेको छन  । तर जनप्रतिनिधिहरूले पनि प्रशासनलाइ भन्छु भनेर टारिरहेको उनीहरूले बताएका छन ।

प्रकाशित मिति : January 23, 2021 at 8:16 pm