१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मकवानपुरमा अज्ञात समूहले गाडी जालायो

१० माघ, काठमाडाैँ । मकवानपुरमा अज्ञात समूहले गाडी जालाएको छ । मकवानपुरको हुमाने भन्ज्याङमा बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनी भएको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी प्रमुख एपसी सोमेन्द्रसिंह राठाैरले आगजनीको पुष्टि गर्दै संलग्नको खोजी गरिरहेको जनाएका छन । यसअघि बिहान काभ्रेमा प्रेसर कुकर बम भेटिएको थियो ।

प्रकाशित मिति : January 23, 2021 at 9:04 am