१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

सत्तामा हुँदा भत्ता पचाउने बाहेक केही गर्न नसकेका ‘फुटानीबाज‘ हुन भुसालः नेता देउजा

१० माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपामा समानान्तर गतिबिधि चलिरहँदा एकले अर्काले दोषारोपण गर्ने र आरोपप्रत्यारोप गर्ने चलिरहेको छ । नेकपाका ढोंगी नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकलाइ साइबर स्याल बनेर भाषण गरेपछि ओली समर्थकले त्यसको प्रतिकार गरिरहेका छन ।

अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य किरण देउजाले भुसाललाइ जवाफ फर्काएका छन । उनले सत्तामा हुँदा भत्ता खाने बाहेक केही गर्न नसक्ने भुषालाइ ‘मुंगेरीलाल‘को रूपमा चित्रण गरेका छन । उनले भनेका छन ‘किसानको पक्षमा औंलामा गन्न सक्ने एउटा समेत काम गर्न नसकेका कथित दार्शनिकले हिजो ठुलै गफ लाएछन्। आफू सत्तामा हुँदा भत्ता पचाउने बाहेक केही गर्न नसकेका फुटानीबाजलाई लाज लाग्नुपर्ने हो नि। हुन त यस्ता पिपलपातेलाइ के लाज लाग्थ्यो, के को नैतिकता हुन्थ्यो। आफ्नै पार्टीको वरिष्ठ नेता प्रम हुँदा त, विपक्षीको आन्दोलनमा सामेल हुन उर्दी जारी गर्ने ‘मुंगेरीलाल‘ न परे। ’

प्रकाशित मिति : January 23, 2021 at 8:39 am