१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नुवाकोटमा रहेका १० जना सडक मानवको यसरी गरियो उद्धार (फोटोफिचर)

-प्रशान्तजंग पाण्डे 
९ माघ, नुवाकोट । नुवाकोटको सडकमा रहेका वेवारिसे मानवहरूको उद्धार भएको छ । मेचीमहाकाली जानेक्रममा बिभिन्न किसिमले बाटो भुलेर नुवाकोट आइपुगेका १० जनाको शुक्रबार उद्धार गरी काठमाडौँ पठाइएको छ । उद्धार गरेका १० जनालाइ मानव सेवा आश्रम काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएके छ ।
उद्धार गरिएका बेबारिसे अबस्थामा रहेका सडक मानवहरुमा २ महिला र ८ जना पुरूष रहेका छन । उद्धार गरिएका मानवहरूको काठमाडाैँ विदाइमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ विन्दा ढुंगाना, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल र प्रहरी प्रमुख तुलबहादुर कार्की लगायत सहभागी रहेका थिए ।

प्रकाशित मिति : January 22, 2021 at 9:58 pm