१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा थपिए ३०२ संक्रमित, ७ जनाकाे मृत्यु

९ माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।  मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६८ हजार ९ सय ४८ जना रहेका छन्। जसमध्ये सक्रिय संक्रमित ३६१४ रहेका छन्।

बितेको २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ४८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६३ हजार ३४८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।

प्रकाशित मिति : January 22, 2021 at 4:45 pm