३ मिनेट बसेर सकियो प्रदेश १ को प्रदेश सभा बैठक
७ माघ, विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक छोटो समय बसेर स्थगित भएको छ । पहिलो बैठक करिव ३ मिनेटमानै स्थगित भएकाे हो ।

राष्ट्रिय गान बजाइसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाए। त्यसलगत्तै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए । सामान्यतया हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ ।
प्रकाशित मिति : January 20, 2021 at 3:12 pm



