१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

चोरीको मोटरसाईकलसहित नुवाकाेटका १ जना पक्राउ

२ माघ, काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको बास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने १ जनालाई पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले शुक्रबार बालाजु बाईसधारा स्थित सडक खण्डबाट नुवाकोटकाे तादी गाउँपालिका -६ का २८ वर्षिय अनिल तामाङ्गलाई पक्राउ गरेकाे हाे । बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ६५ प २३६६ नम्वर प्रयोग गरी चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

फाइल फाेटाे

काठमाडाैँकाे रामकोट स्थित सडक खण्डबाट बा६३प २६६ नम्वरको रातो रंङ्गको पल्सर मोटर साईकल हराएको भन्दै रामेछाप खाँडादेवी गाउँपालिका वडा – १ बस्ने कुल बहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएका थिए । हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : January 15, 2021 at 4:32 pm