फुडमाण्डु अनलाइन फुड फेस्टिवल आजबाट सुरु
२ माघ, काठमाडौँ । नेपालको अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको ‘अनलाइन फुड फेस्टिवल’ आज देखि सुरु भएको छ। जसमा खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्ने कम्पनीले जनाएको छ।

एक सातासम्म सञ्चालन हुने अनलाइन फुड फेस्टिवलमा उत्कृष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथसाथै पहिलो पटक लाइभ म्यूजिकसमेत आयोजना हुने कम्पनीको भनाइ छ। सो लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वल मान श्रेष्ठ, प्रसन्ना अधिकारी लगायतका कलाकारहरुले आफ्नो विशेष परफर्मेन्स प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।
फुडमाण्डूको अनलाइन फुड फेस्टिवल पहिलो पटक पोखरामा समेत आयोजना हुँदैछ। कम्पनीले केहि दिनअघि मात्र पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको थियो। अनलाइन फुड फेस्टिवलमा कम्पनीले एक रुपैयाँमा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ भने फुड फेस्टिवलमा राखिएका गेमहरु खेलेर ग्राहकले थप डिस्काउन्टसमेत प्राप्त गर्न सक्नेछन्।
त्यसैगरि फ्लाश सेलमा दिनको तीन पटक एक–एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्यागअन्तर्गत न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिनेछ। अनलाइन फुड फेस्टिवलमा फोन पेमार्फत क्यूआर पेमेन्ट गर्न सकिने र छुट प्राप्त गर्न सकिनेछ।
‘हामीले अनलाइन फुड फेस्टिवल आफ्ना ग्राहकहरुलाई अनलाइनमार्फत फुड अर्डर बिक्री गर्ने मात्र नभएर ग्राहकहरुलाई मनोरन्जन समेत गर्न चाहन्छौँ। यस वर्ष हामी फुड फेस्टिभलमार्फत उत्कृष्ट खानासहित लाइभ म्यूजिक परफर्मेन्समार्फत मनोरन्जनसमेत प्रदान गर्नेछौँ,’ कम्पनीका माकेटिङ एण्ड सेल्स म्यानेजर श्याम मालीले भने। उनले यस पटक आफूहरुले पोखरामा समेत अनलाइन फुड फेस्टिवल आयोजना गर्ने हुँदा थप उत्साहित भएको बताए।
उनका अनुसार ग्राहकहरुले अनलाइन फुड फेस्टिवलमा विभिन्न गेममार्फत डिस्काउन्ट समेत प्राप्त गर्नेछन्। फुडमाण्डू अनलाइन फुड फेस्टिवलमा नेपालका उत्कृष्ट रेष्टुरेन्टहरु सहभागी छन्। जसमध्ये काठमाडौँमा ३० वटा रेस्टुरेन्ट तथा पोखरामा १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन्, जसले ग्राहकहरुलाई नौलो र उत्कृष्ट स्वादसहित खानेकुराहरुको प्याकेज ग्राहकहरुलाई उपलब्ध गराउने छन्।
प्रकाशित मिति : January 15, 2021 at 3:20 pm



