प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू
२ माघ, काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका झण्डै एक दर्जन रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार चौथो दिनको सुनुवाइ शुरू भएको हो । यसअघि बुधवार पनि सुनुवाइ भएको थियो ।

पुस १० गते शुक्रवार पहिलो दिनको सुनुवाइपछि प्रतिनिधिसभा विघटनविरुद्ध कारण देखाऊ आदेश जारी भएको थियो । पुस २२ गतेको सुनुवाइमा अधिवक्ताहरूले वृहत् पूर्ण इजलास माग गरेका थिए ।
सोही दिन संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको रिट नहेर्ने घोषणा गरेका थिए । त्यसपछि कार्कीको ठाउँमा न्यायाधीश सपना प्रधान मल्ललाई समावेश गरेर संवैधानिक इजलास गठन गरिएको थियो । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बुधवार प्रधानमन्त्री ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस गरेका थिए ।
प्रकाशित मिति : January 15, 2021 at 1:59 pm









