१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कक्षा १२ को परीक्षाफल एक साताभित्र सार्वजनिक हुने

२ माघ, काठमाडौं । गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा।चन्द्रमणि पौडेलले जानकारी दिए ।

परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । बोर्डका अध्यक्ष पौडेलले भने, ‘एक हप्ताभित्र नतिजा सार्वजनिक गर्छौं ।’डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो । नोवेल कोरोना भाइरस महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा ९–१६ मंसिरमा सम्पन्न भएको थियो । १२ कक्षाको परीक्षाफल पछि विद्यार्थीहरुको चहलपहले शैक्षिक गतिविधि बढ्ने अनुमान छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १३:४०