१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

दलित पत्रकार संघ अध्यक्षमा पवित्रा सुनार

१ माघ, काठमाडौं । क्रियाशील दलित पत्रकार संघ, नेपालको अध्यक्षमा पवित्रा सुनार चयन भएकी छिन् । संघको पहिलो साधारण सभा तथा अधिवेशनले सुनारको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नागरिक दैनिकमा कार्यरत पत्रकार सुनार दोश्रो कार्यकालका लागि संघको अध्यक्ष भएकी हुन् ।संघको उपाध्यक्षमा केशव भुल नेपाल प्रेस र केशर विश्वकर्मा दर्पण दैनिक चयन भएका निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माले जानकारी दिए ।

महासचिवमा भने विश्वास खड्काथोकी अनलाइन खबर निर्वाचित भएका छन् ।अन्य पदमा सर्वसम्मत भएपनि महासचिवमा भने खड्काथोकी र विष्णु विश्वकर्माका बीचमा चुनाव भएको थियो ।यस्तै, सचिवमा रमेश टमट्टा रेडियो नेपाल, सन्देश परियार, प्रदेश सचिवतर्फ धर्मसिंह विक र कोषाध्यक्षमा सिर्जना बराल हिमालय टिभी चयन भएका छन् ।

संस्थाको सदस्यहरुमा प्रकाश धौलाकोटी नयाँ पत्रिका, मिलन विश्वकर्मा अभियान दैनिक, मञ्जु टेलर नयाँ पत्रिका, मदन विक, विष्णु परियार नेपाल समाचारपत्र, सरिशा आछामी काठमाडौंप्रेस, विक्रम सुनार अर्थतन्त्र डटकम० रुपा सुनार इमेज टिभी, मदन विश्वकर्मा र जसिन्द्र श्रीपाली चयन भएका छन् ।संस्थाले साधारण सभाका अवसरमा अग्रज पत्रकारहरु कसमस विश्वकर्मा, प्रकाशचन्द्र परियार, बाबुराम विश्वकर्मा र गोविन्द परियारलाई सम्मान गरेको छ ।

प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले खादा र कदर पत्र ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा कोरोना कालमा दलित समुदायमा परेको प्रभावका विषयमा समता फाउण्डेसनले अध्ययन गरी तयार गरेको पुस्तक विमोचन भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्मा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, समता फाउण्डेसनका अध्यक्ष प्रदीप परियार, आर्थिक पत्रकार समाजका सचिव कृष्ण रिजाल, अग्रज पत्रकार प्रकाशचन्द्र परियार र बाबुराम विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : January 14, 2021 at 6:12 pm