प्रचण्डजी पूर्व एमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छः पूर्वमन्त्री बस्नेत
१ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डसँग भागेका माधवकुमार नेपाललाइ बिरालोको संज्ञा दिनुभएको छ । बिहीबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा पूर्वमन्त्री बस्नेतले प्रचण्डले पूर्व एमालेको विरालो बोकेर प्रधानमन्त्री केपी शर्मा अोलीसँग म्याउ गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रचण्डजी पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ ।’ उहाँले प्रचण्डले सूर्य चिह्न दाबी गर्नु हास्यास्पद भएको बताउनुभयो । ६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुनर्स्थापना गर्नु भनेको जनताको अभिमतको अपमान हुने बताउनुभयो ।
प्रकाशित मिति : January 14, 2021 at 3:01 pm



