७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

काठमाडाैँको भद्रकालीमा बस दुर्घटना

१ माघ, काठमाण्डौँ । काठमाडौँको भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ । घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिनुभयो । बसमा तीन जना मात्रै सवार रहेको बुझिएको छ ।

प्रकाशित मिति : January 14, 2021 at 11:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/