नेकपा नेता एवं पूर्व मन्त्री गोकर्ण विष्टलाई मातृशोक
२८ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक परेको छ । विष्टको माता ९० वर्षाीय चिन्तकाल विष्टको मंगलबार साँझ गुल्मीको इस्मास्थित आफ्नै निवासमा निधन भएको हो ।

माता विष्टको परिवारका सदस्यहरू जम्मा भएपछि बुधबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उहाँको जेठो छोरा गुल्मीकै इस्मा गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । उहाँको पाँच भाइ र दुइ छोरी हुनुहुन्छ । पूर्वमन्त्री विष्टले आमाको निधनमा दुःख प्रकट गर्दै बाल्यकाल देखि समाजको हितमा लाग्न दिनुभएको प्रेरणालाई म सदैव पछ्याइरहने प्रण गर्नुभएको छ ।

प्रकाशित मिति : January 12, 2021 at 6:50 pm



