अराजक गतिविधिमा लागेपछि अनेरास्ववियू नुवाकोटको सहसंयोजकबाट कोइराला बर्खास्त
-प्रशान्तजंग पाण्डे
२५ पुस, नुवाकोट । अनेरास्ववियु नुवाकोटको भेलाले सहसंयोजक विनोद कोइरालालाई बर्खास्त गरेको छ । शनिबार नेकपाको पार्टी कार्यालय विदुरमा केन्द्रीय सदस्य केशवराज पाण्डेको प्रमुख आतितथ्यतामा भएको भेलाले कोइरालालाई कारबाही गरेको संयोजक विष्णु दाहालले जानकारी दिए ।
संगठनको गोपनियता भङ्ग र पदिय जिम्मेवारी ख्याल नगरी अराजक गतिविधि गरेको तथा अनुसासनहिन क्रियाकलापमा समावेश भएको भन्दै सहसंयोजक बिनोद कोइरालालाई अनेरास्ववियु नुवाकोट जिल्ला कमिटिको सम्पुर्ण जिम्मेवारीबाट बर्खास्त गर्दै थप कार्बाहिको लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय भएको संयोजक दाहालले जानकारी दिए ।

सो भेलाले पुन दाहाललाइ संयोजक तोक्दै सम्मेलन आयोजक कमिटी गठन गरेको छ । भेलाले दाहालको संयोजकत्वमा ९९ सदस्यीय अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा गरेको हो । जसमा ९ सदस्यीय कार्यलय सदस्य र ३३ सदस्यीय सचिवालय गठन भएको अनेरास्ववियूका नेता रिपेश तिवारीले जानकारी दिए ।
प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको बैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचनमा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा ) पक्षमा आवश्यक माहोल सृजना गर्न एकमनाएकताका साथ अघि बढ्ने संकल्प प्रस्ताव समेत भेलाले पारित गरेको छ ।
प्रकाशित मिति : January 9, 2021 at 7:43 pm



