दाङबाट रिजर्भ गएकाे बस भेरी नदीमा खस्यो, १ जनाको मृत्यु, १ घाइते
२३ पुस, सुर्खेत । भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक यात्रु घाइते भएका छन्। दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको हाे । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार दुर्घटनास्थलमा १ जनाको शव भेटिएको छ। भने १ जना घाइतेको उद्धार गरिएको छ। घर्तीका अनुसार बसमा कतिजना सवार थिए र बसको नम्बर कति हो भन्ने खुल्न सकेको छैन ।
प्रकाशित मिति : January 7, 2021 at 4:25 pm



