१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

काठमाडौँको तार्केश्वरमा ग्यास पड्किदा नुवाकोटका २ जना घाइते

२२ पुस, काठमाडाैँ । काठमाडौँको तार्केश्वर नगरपालिका–८ का नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भएका ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा ग्यास पड्किन गई गए राति आगलागी भएको छ ।

फाइल फाेटाे

आगलागीमा परी श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा घाइते भएका छन् । घाइतेमध्ये रामचन्द्रको करुणा अस्पताल कपन र रक्षाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : January 6, 2021 at 5:05 pm