१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

नेकपाका नेताहरू चढेको कार भीरबाट खस्यो, पूर्वमन्त्रीसहित ५ घाइते

२० पुस, काठमाडाैँ । नेकपाका नेताहरू चढेर नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको बा २१ च २७४६ नम्बरको कार भीरबाट खसेको छ । बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा रहेको जंगलमा कार सडकबाट खसेको हो ।

कार भीरबाट खस्दा पूर्वमन्त्रीसहित पाँच जना घाइते भएका छन । दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह जिल्ला विकास समिति, दैलेखका पूर्व उपसभापति सूर्यबहादुर शाही, जिल्ला समन्वय समिति, दैलेखका उपप्रमुख लक्ष्मी शाह, नेकपाका नेता पदम माझी र सवारी चालक विनय भण्डारी घाइते भएका छन ।

पूर्वराज्यमन्त्री साहसहित अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ भने चालक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । कार सडकबाट ६० मिटर तल खसेको र घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले जानकारी दिए ।

प्रकाशित मिति : January 4, 2021 at 6:01 pm