सर्भरमा समस्या आएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द
२० पुस, काठमाडौँ । कोरोना भाइरसको कारण ९ महिना बन्द भएको सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन आवेदन फारम भर्न बन्द गरिएको छ । यातायात व्यवस्था विभागले गत मंगलबारदेखि खुलेको अनलाइन फारम सर्भरको मर्मत कार्यको लागि बन्द गरिएको जनाएको छ ।
यातायात व्यवस्था विभागका अनुसार लामो समयपछि अनलाइन फारम खुलेकाले फारम भर्नेको चाप थेग्न नसकिने अवस्था आएकाले सर्भरमा समस्या देखिएको हो । सर्भरको समस्या समाधान हुनेवितिकै साेमबमरदेखि पुन अनलाइनबाट नै फारम भर्न सकिने विभागले जनाएको छ ।

प्रकाशित मिति : January 4, 2021 at 1:31 pm



