१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

पत्नी सीताको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

२० पुस, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आज भारत जान लागेका हुन् । सीताको साथमा अध्यक्ष प्रचण्ड र उनकी छोरी गंगा दाहाल पनि जाने प्रचण्डको सचिवालयले जनाएको छ ।


लामोसयदेखि बिरामी रहेकी सीताको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । यसअघि सीता दाहालको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो ।

प्रकाशित मिति : January 4, 2021 at 10:36 am