शेखर कोइरालाका दाजु निरञ्जनको कोरोना संक्रमणबाट निधन
१९ पुस, काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ। काेराेना संक्रमित कोइरालाकाे उपचारको क्रममा भारतको नयाँ दिल्लीमा आज बिहान ११ बजे निधन भएको हो। पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकार समेत रहेका कोइरालाको आज नयाँ दिल्लीमा निधन भएको हो ।

निरञ्जनको निधनले आफू मर्माहत भएको डा. कोइरालाले बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. कोइरालाले भनेका छन्, “मेरा आदरदीय दाजु ‘निरूदा’ को आज बिहान नयाँ दिल्लीमा भएको निधनले म, मेरो परिवार र भजिताहरू मर्माहत भएका छौँ।” निरञ्जनका दुई छोरा रहेका छन्।
प्रकाशित मिति : January 3, 2021 at 3:51 pm



