१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

मनहरी गाउँपालिकाका उपाध्यक्ष विष्टको राजीनामा स्वीकृत

१९ पुस, वाग्मती । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।


अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिनुभएको बताइएको छ ।

प्रकाशित मिति : January 3, 2021 at 12:42 pm