१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि

१६ पुस, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा काेराेना संक्रमण पुष्टि भएको हो । याेसँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५२ हजार ३५९ पुगेको छ । हाल देशभर ६ हजार ३७८ संक्रिय संक्रमित छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८५६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : December 31, 2020 at 4:17 pm