अनेरास्ववियूले बोलायो उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यको बैठक
१५ पुस, काठमाडाैँ । अनेरास्ववियूले काठमाडाैँमा उपलब्ध केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बोलाएको छ । अनेरास्ववियूका संयोजक ऐन महरले अनेरास्ववियूका काठमाडाैँमा उपलब्ध केन्द्रीय कमिटीका सदस्यको बैठक डाकिएको जानकारी दिनुभयो । उहाँले फेसबुक मार्फत पुस १६ गते काठमाडाैँमा बैठक बस्न लागेको जानकारी दिनुभएको छ ।

महरले लेख्नुभएको छ ‘अनेरास्ववियू केन्द्रिय कमिटीको दोस्रो बैठकको निर्णय बमोजिम यहि पुस १९ गते काठमाडौमा आयोजना गरिने बृहत् कार्यकर्ता भेलाका बारेमा छलफल गर्नुपर्ने भएकोले उपत्यकामा रहनु भएका अनेरास्ववियूका सम्पुर्ण केन्द्रिय सदस्य कमरेडहरुलाई भोलि पुष १६ गते दिउँसो १ बजे त्रिचन्द्र क्याम्पसमा अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दछु।’
प्रकाशित मिति : December 30, 2020 at 6:24 pm



