काेराेना संक्रमित राधेश्याम अधिकारी अस्पताल भर्ना
१५ पुस, काठमाडौँ । कोरोना संक्रमण भएपछि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता तथा संविधानविद् राधेश्याम अधिकारीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।
![]()
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई ज्वरो नघटेपछि स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल लगिएको थियो । अस्पतालका अनुसार अहिले अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाे छ।
प्रकाशित मिति : December 30, 2020 at 5:11 pm



