पछिल्लो २४ घण्टामा थपिए ५११ काेराेना संक्रमित, ७ जनाको मृत्यु
१५ पुस, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।
प्रकाशित मिति : December 30, 2020 at 4:53 pm



