१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

१५ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ भएकी छन् । अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् ।

लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित दाहाललाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबूकमार्फत दिएकी छन् । ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी,’ उनले फेसबूकमा लेखेकी छन् ।

प्रकाशित मिति : December 30, 2020 at 2:45 pm