बुटवलको कोरोना विशेष अस्पतालमा १ काेराेना संक्रमित पुरुषको मृत्यु
१५ पुस, बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एकजना कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ । काेुाेना संक्रमणबाट मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउँपालिका १ का ७० वर्षीय पुरुष रहेका छन् ।

गत मंसिर २७ गते काेराेना पोजेटिभ आएका उनि पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरिएको थियो । उनमा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : December 30, 2020 at 12:33 pm



